कोकाकोलाद्वारा पीईटी बोतल पुनः संकलन केन्द्र स्थापित गर्ने


काठमाडौं, (नेस) रिसाइकिलिङ र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनः प्राप्ति परियोजनाको विस्तार गरेको छ । यस पहलको भागको रूपमा, कोकाकोला फाउण्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुरमा पीईटी पुनः संकलन केन्द्र स्थापित गर्ने भएको छ ।

कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २७ लाख डलर लगानी गर्ने योजना बनाएको छ । क्रिएसनसँंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिँदै नेपाललाई पीईटी फोहोर पुनः संकलनको समाधान खोज्नतर्फ अनुकारण गर्दछ ।

यस पहलमा बोल्दै, कोकाकोला कम्पनीका एसिया प्रशान्त क्षेत्रका अध्यक्ष जन मर्फीले भने–‘ नेपालमा वोलर्ड विथ आउट वेस्ट शुरुवात गर्नका लागि आफ्नो प्रतिबद्धता बिस्तार गर्दा मलाई एकदम खुशी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौ ।’

कोकाकोला कम्पनीको ‘वोलर्ड विथ आउट वेस्ट’ सिर्जना गर्न रिसाइकिलिङका लागि कम्पनीको प्रतिबद्धताको भाग हो । सन् २०३० साल सम्म प्याकेजिङको सय प्रतिशत बराबरको संकलन र पुनः प्रयोग गर्न सहयोगको लागि कम्पनीको ग्लोबल लक्ष्य छ ।

कम्पनीले सन् २०१४ मा यसको पुनःसंकलन दृष्टिकोणको शुरुवात गर्न एक बहुसंख्यक परियोजन ‘नगर मित्र’ शुरु गरेको थियो, जसमा पिछडिएका महिलाका लागि पर्याप्त संख्यामा हरियाली कार्यको सिर्जना र स्वच्छ वातावरणमा योगदान पु¥याउन पीईटी बोतल कुशल र जिम्मेवार तन्त्रद्वारा संकलन र व्यवस्थापन गरिएको थियो ।