रसुवाको कालिकामा ट्रिपर दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते


काठमाडाैँ । रसुवाको कालिका गाँउपालिका-४ अम्बासमा गएराती १० बजे ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् । बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका-३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका-३ का २१ बर्षीय जिव राम थोक्रर ट्रिपरमा सवार ३५ बर्षीय सार्की लामा र उनका ११ बर्षीइ छोरा अदित तामाङलाई उपचारको लागी काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल ल्याइएको छ । घाइते मध्ये सार्की लामाको अवस्था भने गम्भिर रहेको छ ।