प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड अस्पताल पुगे


काठमाडौं । प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

आइतबार सचिवालयले एक प्रेस नोटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी सचिवालयले दिएको थियो । तर,  स्वास्थ्यमा पपप समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना हो ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. अरुण सायमीले जानकारी दिए ।