प्रधानमन्त्री ओली अस्पताल भर्ना


काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

ओलीलाई सोमबार बिहान चार बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको प्रेस संयोजक चेतन अधिकारीले बताए ।

ओालीलाई एक्कासि छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अधिकारीले जानकारी दिएका छन् ।

छाती, रुघाखोकी र अन्य समस्या भएपछि अस्पताल लगिएको अधिकारीले बताए । स्वास्थ्यमा समस्या भएपछि ओली आफ्नै दल नेकपाले राखेको चियापान कार्यक्रममा अनुपस्थित भएका थिए ।