ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित


काठमाडाैं । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र(दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । मतगणना लगभग सकिसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पक्षमा ४५ प्रतिशत मत परेको छ ।

चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए । चुनावी अभियान एकदमै आक्रामक र विभाजनकारी देखिएको थियो । निर्वाचनमा भिडेका दुवै पक्षले अर्को पक्ष विजयी भएमा ब्राजिल विनासतर्फ जाने तकै पेश गरेका थिए ।

पूर्वसैनिक अधिकारी बोल्सोनारु विजयी हुँदा सैनिक शासनतर्फ मुलुक जान सक्ने आशंका गरिएको छ । उनी स्वयम्ले सैनिक शासन हुँदा ब्राजिल निकै राम्रो रहेको चर्चा गर्दै आएका छन् । उनको यही भनाईलाई आधार बनाउँदै बोल्सोनारुका विपक्षीहरूले उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको दावी गर्ने गरेका छन् । यद्यपि जितपछि बोल्दै बोल्सोनारुले ’संविधान, लोकतन्त्र र स्वतन्त्रता’को आफूले रक्षा गर्ने बताए ।

(एजेन्सी)