मर्स्याङ्दी करिडोर प्रसारणलाइन एक वर्षभित्रै


नेपाल समाचारपत्र, लमजुङ
नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी करिडोर विद्युत् प्रसारणलाइन एक वर्षभित्र निर्माण गरिने भएको छ । सो अनुसार निर्माण प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मस्र्याङ्दी करिडोर विद्युत् प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । त्योसँगै मनाङदेखि उदिपुर २२० केभी ४६ किलोमिटर प्रसारणलाइन तथा मनाङ–धारापानी लमजुङ–खुदीको २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण गरिने भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ ।

उहाँका अनुसार प्रसारणलाइन तथा सबस्टेसनको निर्माण कार्य जुलाई २०१९ अर्थात अबको १० महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
मनाङको धारापानीदेखि लमजुङको उदिपुर करिब ४६ किलोमिटर प्रसारणलाइनको निर्माण गरिने भएको घिसिङले जनाकारी दिनुभयो । उहाँका अनुसार सो प्रसारणलाइन अन्तर्गत दुई वटा सबस्टेसनहरुको निर्माण गरिने छ ।

उक्त करिडोरमा उदिपुर– मार्किचोक–भरतपुर ६७ किलोमिटर प्रसारणलाइनको निमार्णको कार्य शुरु गरिएको छ । मस्र्याङ्दी करिडोर २२० केभीबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मस्र्याङ्दी र काठमाडौं पुग्ने प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तन विक्रम राणाले बताउनुभयो । उहाँका अनुसार मार्किचोक– काठमाडौं २२० केभी प्रसारणलाइनको निर्माण धमाधम भइरहेको छ । सो कार्यका लागि युरोपियन इन्भेष्टमेन्ट बैंकको सहुलियतपँर्ण ऋणमा मस्र्याङदी करिडोर प्रसारणलाइनको निर्माण गर्न लागिएको राणाले जानकारी दिनुभयो ।

मस्र्याङ्दी करिडोरमा एक सय छ मेगावाट क्षमताका आयोजना निर्माण क्रममा छन् । लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सबस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै व्यक्त गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मरण गर्नु भयो । उहाँले प्रसारणलाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारणलाइन निर्माण प्रक्रिया शुरु गरेको बताउनुभयो । उहाँका अनुसार मस्र्याङ्दी करिडोर प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

आयोजनाको अनुमानित लागत करिब १० अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९ मा सक्ने लक्ष्य छ । खुदी–उदीपुर प्रसारण लाइनकोे रुट प्रति स्थानीयबासीको असन्तुष्टि रहेको छ । सोही ठाउँबाट भुलभुले–मध्य मस्र्याङ्दी १३२ केभी र ३३ केभी प्रसारणलाइन समेत लगिएको छ । टावरले ओगट्ने क्षेत्रको उचित मँल्यांकन, तारमुनीको जग्गाको उचित क्षतिपुर्ति तथा निर्माणको क्रममा वातावरणीय क्षति न्यँनीकरण गर्न प्रभावित क्षेत्रका उपभोक्ताहरूले माग गरेका छन् ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको उहाँले बताउनु भयो । उहाँका अनुसार उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेको छ । त्यसैले पनि जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था छैन उहाँले भन्नुभयो । उहाँका अनुसार उदिपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारण लाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या हुँदैन ।

मस्र्याङ्दी करिडोरमा निर्माण भइरहेका आयोजनामा २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ मुख्य छन् ।