भाकपा मार्क्सवादीका महासचिव सीताराम यचुरी काठमाडौंमा


नेपाल समाचारपत्र, काठमाडौं ।
भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा उनी बिहीबार बिहान काठमाडौं आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरेका थिए ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।