लाउरा अमेरिकी सैन्य इतिहासमै पहिलो कमान्डर


अमेरिका, (एजेन्सी)
अमेरिकी सैन्य इतिहासमै पहिलोपटक एक महिलाले एउटा ठूलो कमान्डको महत्वपूर्ण ओहदा सम्हालेकी छिन्। जनरल लाउरा जे रिचर्डसनले १६ वर्षकै उमेरमै पायलट कोर्सको अनुमतिपत्र हासिल गरेकी थिइन्।
उनी पहिलो पटक ७ लाख ७६ हजार सैनिक र ९६ हजार निजामति कर्मचारी रहेको यूएस आर्मी फोर्सेज कमान्ड अर्थात् फोर्सकोमको कमान्डर बनेकी छिन्। सन् १९८६ मा अमेरिकी सेनामा प्रवेश गरेकी उनी २०१२ पहिलो क्याभलरी डिभिजन अर्थात् ‘अमेरिकाज फस्र्ट टिम’ को पहिलो महिला डिपुटी कमान्डिङ जनरल बनेकी थिइन्।