कोरियाली सीमाक्षेत्रका चौकी र हतियार हट्ने


सोल, (एजेन्सी)
उत्तर र दक्षिण कोरियाले आफ्ना सीमाक्षेत्रको ‘युद्ध विराम’ शहर पान्मुन्जोमस्थित सुरक्षा चौकी अखडा र हतियारहरू हटाउने सहमति गरेका छन्। यो क्षेत्र अत्यन्तै कडा सुरक्षा प्रबन्ध भएको मानिन्छ। संयुक्त सुरक्षा क्षेत्र (जेएसए) को नामले पनि चिनिने पान्मुन्जोमको सिमानामा दुवै देशका सेना आमनेसामने उभिने गर्दछन्।

दुई कोरियाबीच विद्यमान तनाव घटाउने उद्देश्यले यो कदम चालिएको बताइएको छ। यसै महिनाको शुरूमा दुवै देशका फौजले सीमाक्षेत्रमा राखिएका करिब ८ लाख वारुदी सुरुङ हटाएका थिए।
दुई कोरिया र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको संयुक्त राष्ट्र संघको कमान्ड (यूएनसी) बीच २५ अक्टोबरसम्ममा त्यहाँबाट हतियार र फौजी अखडा हटाउने सहमति भएको हो।

२ दिनभित्र त्रिपक्षले संयुक्त आधिकारिकता पुरा गर्ने सोलस्थित दक्षिण कोरियाली रक्षा मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ। गत जुलाई १२ मा सेटेम्बरमा सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनबीच भएको ऐतिहासिक भेटवार्तामा कोरियाली प्रायद्विपलाई निशस्त्र पार्ने विषयमा सहमति भएको थियो।