काठमाडौं उपत्यकामा चोरी र लुटपाट बढ्यो, प्रहरीले चोर पहिल्याउन सकेन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
चाड पर्वका अवसरमा महानगरिय प्रहरी परिसर काठमाडौंले बिशेष सुरक्षा योजना लागु गरेर जतिसुकै प्रचार गरेपनि चोरी र लुटपाट भने बढ्दै गएको छ। विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने गिरोह सल्बलाउन थालेको छ। महाराजगन्ज क्षेत्रमा एक सातामा पाँच भन्दा बढी मोटरसाइल चोरी हुँदा पनि प्रहरीले चोर पहिल्याउन सकेको छैन। बिहीवार रातिमात्र इशान हस्पिटल संगै चौबिसै घण्टा रहने सिआरभी भ्यानकै अगाडि १० लाख भन्दा बढी मुल्य पर्ने ४० किलोको मुर्ति चोरी कल्की नारायण मन्दिरबाट चोरी भएको छ ।

कल्की नारायण मन्दिरका पूजारी धर्म सापकोटाका अनुसार २०६१ सालमा किनिएको उक्त मुर्तिको मुल्य अहिले १० लाख भन्दा बढी पर्दछ । ४० किलोको उक्त मुर्ति चोरहरुको समुहले गाडीमा नै हालेर लगेको सापकोटाले अनुमान गरेका छन् ।

यसरी प्रहरीकै सामुन्ने मन्दिरबार मुर्ति चोरी हुँदा समेत महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाइ भने कानमा तेल घालेर बसेको बसुन्धराका स्थानिय बासिन्दाहरु वताउँछन् । उक्त मुर्ति चोरीको बिषयमा अपराध महाशाखाको टोलीले अनुसन्धान थालेको छ।

Skip This