बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मूलका दुई चेली

0
Shares

नेपाल समाचारपत्र, बेल्जियम
बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन्। उनको नाम हो– रश्मी निरौला।

रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिलर पदमा बेल्जियमको दोस्रो ठँलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन्। बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरूको ठँलो बसोबास रहेको लुभेन नगरमा गैरबेल्जियन समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन्।

त्यसै गरी बेल्जियमको दोस्रो ठँलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ। धेरै वर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ। १२ लाख जनसंख्या भएको आन्त्वरपेन हीरा व्यवसायका लागि प्रसिद्ध छ।

बेल्जियमको लुभेनलगायत अन्य क्षेत्रमा ४ वर्षपछि यसपटक आगामी आइतबार अर्थात् अक्टोबर १४ तारिखका दिन लुभेन सिटी म्युनिसिपालिटी काउन्सिलका प्रतिनिधि चयनका लागि निर्वाचन हुन लागेको हो। बेल्जियमको कानुनअनुसार बेल्जियन र गैरबेल्जियन आवासीय नागरिक दुवैले बेल्जियमको चुनावमा मतदान गर्न पाउने अधिकार छ।

लुभेनमा बसोबास गर्ने समाजसेवी तथा व्यावसायिक फोटोग्राफर राजेन्द्र रसाइली रश्मीको चुनावी व्यस्ततालाई संकेत गर्दै भन्नुहुन्छ– ‘हिन्दँ संस्कार र सत्कर्मका कारण रश्मी नेपाली समुदायमा एक अत्यन्त उज्यालो प्रकाशपुञ्ज बन्नुभएको छ। उहाँले बेल्जियन राजनीतिमा योभन्दा अझ ठँलो सफलता प्राप्त गर्न सक्ने आँकल गरिएको छ।’

सीडी एन्ड भी पार्टीबाट काउन्सिलर पदमा उम्मेदवारी दिएकी निरौलाले भन्नुभयो– ‘बेल्जियमलाई कर्मथलो बनाई बसोबास गर्ने नेपाली समुदायको हक–अधिकारको संरक्षण गर्ने दायित्व पँरा गरेर सीडी एन्ड भीले आफ्नो छुट्टै पहिचान बनाएको छ।’

उम्मेदवार नेपालीले विगत ५ वर्षदेखि बेल्जियममा वैधानिकरूपमा बसोबास गरिरहेका नेपालीको मतदाता सँचीमा नाम सँचीकृत गराउन पनि सक्रियतापँर्वक खट्नुभएको थियो। सीडी एन्ड भी पार्टीले १० महिनाअघि उहाँलाई उम्मेदवार बनाउने घोषणा गरेपछि नेपालीले नेपाली समुदायलगायत दक्षिण एसियाली र उत्तर अफ्रिकी आप्रवासी समुदायका घरदैलोमा पुगेर चुनावमा मत माग्दै हिँड्नुभएको थियो।

ललितपुरको सेन्ट मेरिज स्कुलबाट विद्यालयस्तरको र काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट विश्वविद्यालयस्तरको अध्ययन पँरा गर्नुभएकी रश्मीले बेल्जियम बसोबासको प्रारम्भिक चरणमा त्यहाँको सामाजिक विकास मन्त्रालयअन्तर्गतको समाज कल्याण कार्यालयमा कार्यक्रम अधिकृतकी रूपमा काम गर्नुभएको थियो। यस्तै नेपालमा रहँदा बैंकिङ र लैड्डिक समानताका लागि राष्ट्रसंघीय परियोजनामा समेत काम गर्र्नुभएको थियो।