चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

0
Shares

काठमाडाैं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको आफ्नै निवास टिकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।

अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए । अहिले उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।