बझाङमा जिप दुर्घटना अपडेटः ज्यान गुमाउने र घाइतेहरुकाे पहिचान खुल्याे


बझाङ । बझाङमा भक्तजनहरु बाेकेकाे जीप दुर्घटनामा परेकाे छ । बाग्थलाबाट बुङ्गलकाे बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बुङ्गल नगरपालिका- ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी – ५ का ५६ वर्षिय धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ । यसैबीच जीप दुर्घटनामा अन्य १२ जना घाईते भएका छन् ।

अन्य घाइते हुनेहरुमा कञ्चनपुर बेदकोट नगरपालिका बस्ने ३० वर्षिय मुडु बोहरा, ३५ वर्षिय प्रेम बोहरा, १० वर्षिया कविता बोहरा, १२ वर्षिया माया बोहरा, ४३ वर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाउँका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा, बुङ्गल- ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुङ्गल- ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप दुर्घटनामा चालक केदारस्युँ गाउँपालिका ४२ वर्षिय रण बहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाईतेहरुको उपचार नजिकै रहेको देउरा स्वास्थ्य चौकीमा भइरहेकाे छ । बुङ्गलमा रहेकाे पुजाआजा भइरहेकाे हुँदा उनीहरु त्यसतर्फ हिँडेकाे जीप दुर्घटनामा परेकाे बताइएकाे छ । दुर्घघटनाकाे कारण खुल्न सकेकाे छैन ।