नेकपाको सचिवालय बैठक शुरू, के-के छन एजेण्डा ?


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएकाे छ ।आइतबारका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै जना पत्रकार शुभशंकर कडेँलको पुस्तक विमोचनमा जानुपरेका कारण सारिएको थियो ।

बैठक विहान ८ बजेदेखि सुरु भएकाे जनाइएको छ । बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन र निकट भविष्यमा हुने स्थायी समिति बैठकका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । नेकपाको आजको बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने विश्वास गरिएको छ।