हाइटीमा शक्तिशाली भुकम्प, कम्तिमा १० को मृत्यु


पोर्ट औ प्रिन्स (एजेन्सी)
हाइटीको उत्तरी तटिय इलाकामा शनिबार राती आएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले कम्तिमा १० जनाको ज्यान गएको छ ।

भुकम्पमा १ सय ३० भन्दा धेरै घाइते भएका छन् , हाइटीको नागरिक सुरक्षा निकायले ट्विटरमा उल्लेख गरेको छ । पोर्ट डि पाइक्सबाट १९ किलोमिटर उत्तरपश्चिममा राती ८ बजे आएको भुकम्पको झट्काले भवनहरु भत्कको वा क्षतिग्रष्त भएको अमेरिकी भुगर्भ सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।


पोर्ट डी पाइक्स हाइटीको नर्ड क्वस्टको राजधानी हो र त्यहाँको आवादी ४ लाख ६० हजार रहेको छ । पोर्ट डी पाइक्स, ग्रोस मार्ने, चेन्सोल्मी र टर्टल आइल्यान्डमा भवनहरु ध्वस्त वा क्षतिग्रष्त भएको हाइटीको नागरिक सुरक्षा एजेन्सीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एउट अस्पतालको एक हिस्सा र हल पनि भत्केको एसोसिएटेड प्रेसले जनाएको छ ।

राहत तथा उद्धार टोली परिचालन गरे लगत्तै सरकारले जनतालाई शान्त रहन आह्वान गरेको छ । उक्त टोलीले भग्नावशेषमा जीवितहरुको खोजी गरिरहेका छन् ।

भुकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । भुकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहबाट १२ किलोमिटर मुनि रहेको बताइएको छ । सन् २०१० मा २ लाख भन्दा धेरै नागरिकको मृत्यु हुने गरी आएको शक्तिशाली भुकम्पपछिको यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भुकम्प भएको बीबीसीले जनाएको छ ।