पत्रकार खड्काको पुनः खोजी गर्न आग्रह


दयाराम पण्डित, बाजुरा
बाजुराको बुढीनन्दा दर्शनमा गई बेपत्ता भएका पत्रकार तेजु खड्काको अवस्था डेढ महिना यता अज्ञात रहेको भन्दै पत्रकारहरुले खोजी कार्य पुनः गर्न आग्रह गरेका छन । जिल्ला प्रशासन कार्यलय बाजुरामा आइतबार विहान प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई भेट गर्दै पत्रकार खड्काको खोजिमा पुनः पहल गर्न आग्रह गरेका हुन ।

नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेश साखाका संयोजक लालबहादुर ऐरी, नेपाल पत्रकार महाँसंघका केन्द्रिय सदश्य मिन बम, नेपाल पत्रकार महाँसंघ बाजुरा साखाका अध्यक्ष प्रकाश सिह लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले आज विहान प्रमुख जिल्ला अधिकारी बराल संग भेट गरी अहिले सम्म भएका प्रयास र आगामी दिनमा खोजीगर्न सकिने अवस्थाका बारेमा छलफल भएको छ ।

बुढीनन्दा दर्शनका लागि गत भाद्र नौ गते त्यस तर्फ गएका पत्रकार खड्काको अवस्था हाल सम्म अज्ञात रहेको छ । पत्रकाहरुको टोलीले पत्रकार खड्काको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गर्ने पलह पुन गर्न आग्रह गर्दै प्रदेश र केन्द्रबाट गर्न सकिने थप पहलका लागि आफूहरुले पनि पहल गर्ने बताएका छन ।

पत्रकाहरु संगको छलफलमा प्रमुख जिल्ला अधिकारी बरालले कुन तरिकाले खोजीगर्न सकिन्छ भन्नेबारे जिल्ला सुरक्षा समितिको बैठक बसालेर तत्काल गर्न सकिने प्रयास गर्नेमा प्रमुख जिल्ला अधिकारीले आश्वासन दिनु भएको छ । पत्रकारहरुले भने खोजीका लागि हेलिकप्टरको प्रयोग गरी स्थानिय ब्यक्तिहरु सहित पहल गर्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रेस युनियन डोटी साखाका संस्थापक अध्यक्ष हुदै रेडियो नेपाल दिपायर केन्द्रिय प्रसारणमा समेत काम गरेका पत्रकार खड्का केहि बर्ष यता बाजुरा स्थित रेडियो बुढीनन्दामा कार्यरत रहनु भएको थियो । पत्रकार खड्का हराएको केहि दिन देखि नै स्थानिय स्तरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानिय बासीको समेत परिचालन गरी खोजी गरिए पनि प्रतिकुल मौसम र अप्ठेरो अवस्थाका कारण खोजी कार्य प्रभावकारी हुन नसकेको बताई पछि पत्रकारहरुले पुन खोजी कार्य गर्न आग्रह गरेका हुन ।