पूर्व क्षेत्रमा भाइरलको संक्रमण उच्च


सरोज यादव, विराटनगर
पछिल्लो केही समययता पूर्वमा भाइरलको संक्रमण बढेको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पताल हाल दैनिक १ हजारभन्दा बढी बिरामी आउने गरेकोमा आधाभन्दा बढी भाइरलका बिरामी छन् । भाइरल ज्वरोका कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा बिमारीहरुको चाप बढेकोे छ ।

अहिले कोशी अञ्चल अस्पतालको ओपीडी कक्ष भाइरलका बिमारीहरुले खचाखच भरिएको छ । कोशी अञ्चल अस्पतालको ओपीडी कक्षमा यतिबेला १ हजारभन्दा बढी बिरामी आउने गरेकोमा आधाभन्दा बढी भाइरलका बिमारी रहने गरेको अस्पतालका मेसु डा. रोशन पोखरेले बताए । कोशी अञ्चल अस्पतालको ओपीडीका साथै आकस्मिक कक्षमा पनि बिरामीको चाप बढेको छ ।

आकस्मिक कक्षमा पहिले ७० देखि ८० जना बिरामी आउने गरेकामा अहिले १ सय ५० भन्दा बढी बिरामी आउने गरेका छन् । आएकामध्ये आधाभन्दा बढीमा भाइरलको संक्रमण देखिने गरेको छ । भाइरलका कारण पूर्वमा सरकारी तथा निजी अस्पतालहरुमा समेत बिमारीको चाप बढेको छ । कोशी अञ्चल अस्पतालमा मोरङ र सुनसरीका भित्री गाउँलगायत पूर्वका विभिन्न जिल्लाबाट भाइरलका विरामीहरु उपचारका लागि आउने गरेका छन् ।

भाइरलका कारण ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने खान मन नलाग्ने लगायतका समस्या देखिने गरेको छ । भाइरलबाट बच्न खानपानमा विशेष ध्यान पु¥याउनुपर्ने भन्दै चिकित्सकहरुले बढी मात्रामा झोलीय पदार्थ खान सुझाव दिएका छन् । भाइरलले विशेष गरेर बच्चा र बृद्ध–बृद्धाहरुमा बढी खतरा देखिने भएकाले समयमै औषधी उपचार गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।