दर्दनाक दुर्घटना: घाइतेको शरीरमा तीन वटा सरिया


नरेन्द्र केसी, घोराही, दाङ
दाङको घोराहीमा आइतवार दर्दनाक दुर्घटना भएको छ ।
मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रुको शरीरमा तीन वटा सरिया पसेका छन् । घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका ३ झिङनी निबासी ३८ बर्षिया तिला परियार उछट्टिएर सरिया बोकेको ट्याक्टरमा ठोकिदा छातिबाट सरिया छिरेका हुन् । छातिबाट छिरेका तीन वटा सरिया ढाडबाट निस्केका छन् ।

दुर्घटनालगत्तै सरिया काटेर घाइते परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । अस्पतालमा आसियू सुविधा नहुँदा तत्काल भैरहवा रिफर गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. बसन्त लामिछानेले जानकारी दिनुभयो ।

रा ३ प ५२५८ नम्बरको मोटरसाईकल र लु ४३ प २४२९ नम्बरको मोटरसाईकल ठोकिएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाईकलले पैदल यात्रु महिलालाई ठक्कर दिएपछि महिला रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोकिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिएको छ । अनलोड गर्नका लागि तयार भएको ट्याक्टरमा ठोकिएर उक्त घटना भएको हो ।

घटनामा संलग्न चालकसहित ट्याक्टर र दुबै मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । लु ४३ प २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बालमन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ बर्षिय हेमराज ओलीसमेत घाइते भएका छन् । पछिल्लो समय निकै व्यस्त बन्दै गएको उमेशमार्ग रोडमा अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाउने गरेको स्थानीयको भनाइ छ ।