प्रेस युनियन भक्तपुरमा शिल्पकार


 

पुष्कर बुढाथोकी
भक्तपुर । नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरको सम्पन्न आठौं अधिवेशनले रोशन शिल्पकारको नेतृत्वमा १० सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।अधिवेशनले उपाध्यक्षमा कृष्ण नेपाल, सचिवमा सुन्दर शिल्पकार, सहसचिवमा शुसिला सिग्देल, कोषाध्यक्षमा विनोद कोजु तथा सदस्यहरुमा मनोज कुमार पोखरेल, विकास थापा, रामगोपाल तमखु तथा सन्तोष ढुंगेल चयन गरेको छ । समितिमा महिला उपाध्यक्ष सहित ३ सदस्यहरु पछि मनोनित गर्ने गरि रिक्त राखिएको जनाएको छ ।

अधिवेशनले पुष्करराज बुढाथोकी, मोहन बल्ल, प्रविन लाखे, पुरुषोतम मुनकर्मी, हरिशरण तिमिल्सेना, ज्ञानेन्द्र कार्की, कमल सापकोटा, विदुर नेपाल, जुली तामाङ्ग सर्वसम्मत रुपमा प्रदेश प्रतिनिधि चयन गरेको छ ।
२ जना प्रदेश प्रतिनिधि पछि चयन गर्ने गरी खाली राखिएको छ ।त्यस्तै कविर राणा, नारायण किलम्वु, दिलिप थापा मगर, शेखर ढुंगाना, अमर भुजु, वालकृष्ण श्रेष्ठ, पेशल आचार्य, धु्रवराम थापा र दिक्षा राईलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी ओली नेतृत्व वर्तमान् सरकारलाई आगामी ५ वर्ष चल्न दिनु पर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो–“जनताको मतबाट बहुमत पुर्याएर सरकार गठन गरेको छ, यो सरकारलाई पाँच वर्ष संचालन गर्न दिनुपर्छ, सरकारले गलत गरे प्रतिपक्षले सडक, सदन र मिडिया मार्फत खबरदारी गर्नुपर्छ ।”

सरकारले दुई तिहाईको दम्भ देखाएर अगाडि बढ्न नहुने बताउँदै उहाँले अनुदार लोकतन्त्रको रुपमा सरकार अगाडि बढ्न नहुने उहाँको भनाई थियो । देशमा प्रेस स्वतन्त्रताको सुनिश्चितता हुनुपर्नेमा जोड दिदै उहाँले फौजदारी देवानी संहिता नेपाली काँग्रेस नेतृत्व सरकारको पालामा सबै दलको सहमतिमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“यो संहिता ल्याउँदा काँग्रेसबाट गल्ती भएकै हो, यसलाई स्वीकार्नु पर्छ, यसलाई सच्याएर जान काँग्ेस अग्रसर हुनुपर्छ ।” काँग्रेस भित्र अहिले संवाद हिनताको अबस्था रहेको बताउँदै उहाँले नेतृत्वको कमजोरीका कारण काँग्रेस कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो ।

डा. कोईरालाले भन्नुभयो–“पार्टी भित्र विचारमा विवाद हुनु स्वभाविकै हो, गुट उपगुट पनि नराम्रो होईन, तर गिरिजा प्रसाद कोईराला, किसुनजी र गणेशमान बिच गुटका विवाद हुदाँ संवादहिनताको कुरा आउँदेनथ्यो, संवाद हुन्थ्यो, राष्ट्रियताको सवालमा पार्टीको एउटै धारणा बन्थ्यो, तर अहिले त त्यो पनि भएन ।”

उहाँले काँग्रेस भित्र उत्पन्न संवाद हिनताको अन्त्य हुनु पर्नेमा जोड दिदै संवादबाटै पार्टी भित्रको समस्याको समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेस भक्तपुर सभापति दूर्लभ थापाले प्रेस युनियनलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरका काग्रेस भक्तपुरका पूर्व सभापति महेश श्रेष्ठ, नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ, वरिष्ट पत्रकार कबिर राणा, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दीलप थापामगर, प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य,केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राजाराम कार्की, नकूल अर्याल,जानुका बराल, खिला कार्की, क्रियासिल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी भक्तपुरका सचिव हेमराज ढकाल लगायत प्रेस युनियनका नेता एवं पत्रकारहरुले प्रेस स्वतन्त्रतालाई कसैले कुण्ठित गर्न नहुने बताउनुभयो ।