पत्रकारको तलव बढाउने सरकारको निर्णय


काठमाडौं(नेस) । सरकारले कार्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवी पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बा“स्कोटाले जानकारी दिनुभयो ।

यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो। यो निर्णयस“गै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुनेछ।सो निर्णय सबै श्रमजिवी पत्रकार तथा सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागू हुने छ ।

त्यसैगरी मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई नियुक्त गरेको हो। बैठकले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।बैठकले उखु किसान र चिनीको समस्याबारे जा“चबुझ गर्न सात सदस्यीय समिति पनि गठन गरेको छ ।