राहत शिक्षककाे माइतीघर मण्डलामा प्रदर्शनी


काठमाडौं । स्वतः स्थायीको माग गर्दै राहत शिक्षक केन्द्रीय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । देशभरका राहत शिक्षकहरु भेला भएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । प्रदर्शनको कारण केहीबेरा सो क्षेत्रमा यातायात अस्तब्यस्त भएको थियो ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले आफ्नो माग पुरा नगरे कडा संघर्षमा उत्रने र पठनपाठन समेत ठप्प पार्ने चेतावनी दिएका थिए ।