अवरुद्ध हवाई सेवा तिन महिनापछि सुचारु


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको सल्ले बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले आइतबार बाट उडान सुचारु गरेको छ । तिन महिनादेखि रोकिएको उडान आइतबार काठमाण्डौ रुकुम नेपालगञ्ज उडान गरेर सुचारु भएको हो ।

अब जहाजले काठमाण्डौ र नेपालगञ्ज गरि पहिलेकै सेडुल अनुसार हप्तामा एक÷एक दिन उडान गर्ने निगम सल्लेका स्टेशन म्यानेजर अमरदिप राइले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजले आईतबार काठमाण्डौ रुकुम नेपाजगञ्ज र सोमबार नेपालगञ्ज रुकुम काठमाण्डौ उडान गर्ने छ ।

यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपुग र ग्राउडेड भएपछि सेवा अबरुद्ध भएको थियो । दशैतिहार नजिकिदै गर्दा हवाई सेवा पनि सुचारु भएपछि रुकुम पश्चिम तथा पुर्बका यात्रुहरु खुसि भएका छन । रुकुमको सल्लेमा आइतबार देखि उडान शुरु भएपनि जिल्लाको अर्को बिमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी बिमानस्थल करिब डेढ बर्ष देखि बन्द छ ।