विदेशमा रहेर सजिलै नेपाली भाषा सिक्न ‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौं । परिवारसहित विदेशमा बसोवास गर्नुहुन्छ ? विदेशमै जन्मे हुर्केका छोराछोरीले विदेशी भाषा र संस्कृतिको प्रभावमा नेपाली भाषा र संस्कृति बिर्सँदै ग एभनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता गर्नु पर्दैन । युरोप, अमेरिका, अष्ट्रेलियालगायतका जुनसुकै मुलुकमा बसोवास गर्ने भए पनि तपाइको समस्या समाधान हुने भएको छ ।

विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ ।

सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको रुपमा सञ्चालन गरिने राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भर्चुअल स्कूल सञ्चालनमा विश्वमा रहेका आइसिटी विज्ञहरुको छाता संस्था ग्लोबल नेपाली आईसीटी कन्सोर्टियमको समेत सहकार्य रहेको छ ।

कार्यक्रमले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली अभिभावक आफ्ना बालवालिकालाई भातृभाषा सिकाउनुपर्ने आवश्यकता र नेपाली भाषा सिक्न चाहने व्यक्तिहरुलाई अति नै उपयोगी हुने कन्सोर्टियमका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो ।
दूर शिक्षा प्रणालीबाट अध्यापन गराइने सो शिक्षण विधिमा विद्यार्थीले साँचिकै कक्षामा बसेर अध्यापन गरेको महसुस गर्नेछन् । प्रत्येक समूहमा विभिन्न देशमा एकै समयमा आफ्नो कक्षामा बसेर अध्ययन गर्न सक्ने गरी व्यवस्था मिलाइको छ । सो सामाजिक अभियान सफल बनाउन एक घण्टामा एक डलर शुल्क कायम गरिएको छ ।