१० वर्षिया बालिकालाई करणी प्रयास गर्ने शिक्षक पक्राउ


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
ट्युसन पढ्न गएका बेला १० वर्षिया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे माध्यमिक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् । विहिवार साँझ ट्युसन पढ्न आएका बेला सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षिया सुकुटे ए (नाम परिवर्तन) लाई ललाई फकाई करणीको प्रयास गर्ने सिराहा नवराजपुर गाउँपालिका ५ घर भएका शिक्षक भोगेन्द्र यादवलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

पीडित बालिकाका बाबुले घटनाबारे थाह पाएपछि विहिवार राती दश बजे नै प्रहरीमा खवर गरेपछि शिक्षक यादवलाई प्रहरीले पक्राउ गरेको थियो । ‘खवर पाउनासाथ प्रहरी खटिएर प्रारम्भीक अनुसन्धान ग¥यो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने,–‘नीज शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’ थप अनुसन्धानका लागि शुक्रवार यादवलाई ७ दिनको म्याद थप गरिएको प्रनाउ कँडेलले बताए ।

प्रहरीका अनुसार ट्युसन पढ्न आएका बेलामा बालिकालाई शिक्षक यादवले ललाई फकाई विद्यालयको अफिस कोठामा लगेका थिए । बालिकालाई अफिस कोठामा लगि सुरुवाल समेत खोलेर कुर्सीमा सुताएको अवस्थामा बालिकाको बाबुले देखेपछि प्रहरीमा तत्कालै खवर गरेका थिए । प्रहरीका अनुसार बालिकाको दुवै गालामा नीलडाम छ । पक्राउपछि प्रारम्भीक अनुसन्धानका क्रममा शिक्षक यादवले गल्ती भएको भन्दै एक पटकका लागि माफी दिन भनेको सुकुटेका एक स्थानीयले बताए ।

‘आफुले पढाउने बालिकालाई यस्तो हर्कत गर्ने शिक्षकलाई कुनैपनि हालतमा माफी दिनुहुँदैन’, ती स्थानीयले भने,–‘दश मिनेट मात्रै ढिला भएको भए बलात्कार गरेर मार्ने मनासाय रहेछ ।’
पीडित बालिकाले आफुलाई नीज शिक्षकले जवर्जस्ती स्कुलको अपिस कोठामा लगि जवर्जस्ती गरेको बयान दिएकी छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बालिकाले ट्युसन पढ्न गएका बेला शिक्षक भोगेन्द्रले अफिस कोठामा जवर्जस्ती लगेर सुरुवाल खोली कुर्सीमा सुताएको भनेकी छन् ।