धनवीर दाहाल, रुकुम (पश्चिम) ।
किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)अन्तर्गत जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरु, कार्यान्वयनको अवस्था र आ.व.०७५÷०७६ को स्विकृत कार्यक्रम सम्बन्धिएक दिने अभिमुखिकरण गोष्ठि बुधबार मुसिकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा केयुबिके सञ्चालन भएयता जिल्लामा भएका गतिबिधि र उपलब्धिहरुको बारेमा समिक्षा गरिएको छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रम बुटवलका योजना अधिकृत बिष्णु मगरातिले कार्यक्रम अन्तर्गत भए गरेका प्रगति, उपलब्धि र आगामी योजनाबारेमा प्रस्तुती राख्नुभएको थियो ।
यस अवधिमा केयुबिके द्धारा जिल्लाका बिभिन्न ६७ ओटा कृषि र ३३ ओटा पशुपालनको क्षेत्रका समुह तथा सहकारी लाई अनुदान प्रदान गरिएको अधिकृत मगरातिले जनाउनुभयो । कार्यक्रम अन्तर्गत बिभिन्न प्राबिधिक तथा आधुनिक कृषि औजारहरुको सहयोग गरिएको केयुबिके रुकुमका जिल्ला बीउ संयोजक शंकर न्यौपानेले बताउनुभयो । औपचारिक बीउबिजन क्षेत्रको बिस्तारका लागि केयुबिकेले प्रशंसनिय कार्य गरेको जनाईएको छ ।
साना पुशपालन कृषकहरुको व्यबसायीकरण मार्फत ग्रामीणविकास लाई दिगो बनाउन बिभिन्न बाख्रापालन समुह, दुध डेरी र फर्महरुलाई सहयोग गरिएको दुग्धविकास बिशेषज्ञ सुलभ भण्डारीले बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र रुकुम पश्चिमका मिनबहादुर के.सी., भेटेनरी अस्पताल तथा पशु सेवाबिज्ञ केन्द्र रुकुम पश्चिमक ाज्ञानुकुमार शर्मा, रुकुम पश्चिम र पूर्व दुबै जिल्लाका बिभिन्न स्थानीय तहका कृषि तथा पशु सेवा शाखाका प्रमुख तथा प्राबिधिकहरु, कार्यक्रम कार्यान्वयन ईकाई तथा साझेदार निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तरकारी बीउउत्पादनकेन्द्र चापाका प्रमुख रबिन्द्र चौबेको अध्यक्षतामा सम्पन्न गोष्ठिको सञ्चालन कृषि उद्यम केन्द्रका जिल्ला सल्लाहकार राजु लामिछानेले गर्नुभएको थियो । केयुबिकेले किसानहरुलाई अनुदानमार्फत उन्नतबीउबिजन र पशुपालनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।











प्रतिक्रिया