डीभीको आवेदन आज रातिबाट खुल्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ ।

डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाएको छ ।