नेपाली सुरक्षा निकायमा डरलाग्दो धर्मप्रचारको खेल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल समाचारपत्र, बुटवल । सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ्ग क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गरेको आरोपमा पक्राउ परेका छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल र सशस्त्र प्रहरी गुल्मका डिएसपी दिनेशबहादुर रायमाझी र स्थानीय प्रशासनको समन्वयपछि सशस्त्र प्रहरीका हवल्दार तथा क्रिश्चियन धर्म प्रचारक गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले क्राउन होटलबाट पक्राउ गरेको हो ।

पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ । पक्राउ गुरुङलाई सशस्त्र प्रहरीलाई बुझाइनेछ ।