चिरञ्जीवी मास्के, काठमाडौँ ।
‘शहरी फोहरमैला व्यवस्थापन’ भन्ने मूल नाराका साथ विश्व बसोबास दिवस २०१८ सोमवार सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको संयोजनमा काठमाडौँमा भएको विशेष कार्यक्रममा हेटौडा उपमहानगरपालिका र वालिङ नगरपालिकाले फोहर मैला व्यवस्थापन कसरी सम्भव छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।
विश्व वसोवास दिवस मूल तयारी समितिका संयोजक इन्जिनियर शिवहरी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यञ्जु, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उप महानिर्देशक इन्जिनियर रामचन्द्र दंगाल र युएन ह्याविट्याटका भुषण तुलाधरले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शहरी विकास तथा भवन निर्माण विभागका आयोजना निर्देशक चक्रवर्ती कण्ठले ‘शहरी फोहरमैला व्यवस्थापन’ सम्बन्धि कार्यपत्र प्रस्तुत गरेको थिए ।
मानिसको बसोबाससंग फोहरमैला पनि जोडिने भएकोले विश्व बसोवास दिवस २०१८ लाई ‘शहरी फोहरमैला व्यवस्थापन’ भन्ने मुल नाराका साथ मनाईएको मूल तयारी समितिका संयोजक इन्जिनियर शर्माले बताए । संयुक्त राष्ट्रसंघिय मानव बसोबास कार्यक्रम (युएन हेबिटेड) द्वारा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास नीतिको प्रर्वधन गर्ने उदेश्य सहित विश्वको ध्यानाकर्षण गर्न सन् १९८६ देखि हरेक बर्षको अक्टोबर महिनाको पहिलो सोमवार यो दिवस मनाईदै आएको छ । नेपालमा भने सन् २००१ देखि बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा नेपाल सरकारले यो दिवस मनाउने गरेको हो ।
फोहर मैला व्यवस्थापनको लागि मुख्य त उत्पादन घटाउने र पुनः प्रशोधन गर्ने कुरा महत्वपूर्ण हुने भएकोले यो विषयको प्रचार प्रशारको लागि समेत विश्व बसोबास दिवस २०१८ लाई ‘शहरी फोहरमैला व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाईएको शहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक इन्जिनियर रामचन्द्र दंगालले बताए ।
सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास नीतिको प्रर्वधन गर्ने उदेश्य सहित सन् २०१६मा सम्पन्न संयुक्त राष्ट्रहरुको आवास तथा दिगो शहरी विकास सम्मेलन (ह्याविटाट ३) ले समावेशी सहर, उत्थानशिल समुदाय भन्ने मूल भावनाका साथ नयाँ शहरी कार्यसूची पारित गरेको थियो ।
पारित कार्यसूचीमा बिना भेदभाव सर्बव्यापी सुरक्षित र उपयुक्त खानेपानी र सरसफाई सेवा, साथसाथै खाद्य सुरक्षा र पोषण, स्वास्थ्य, शिक्षा, पुर्वाधार, गतिशिलता र यातायात, उर्जा, स्तरीय वायु, जिविकोपार्जन जस्ता सबै सार्वजनिक वस्तु तथा स्तरीय सेवालाई प्रयाप्त जीवन स्तरको अधिकारको अंशको रुपमा अंगिकार गर्ने प्रयाप्त आवास पूर्ण प्राप्तीको दृष्टिकोणबाट अमीनको सामाजिक र वातावरणीय उपयोग सहित उनीहरुको सामाजिक जिम्मेवारी पुरा गरिने, सहभागि मूलक नागरिक सहभागितालाई बढवा दिने, अपनत्व र स्वामित्वको भावनालाई सबै वासिन्दाहरु बीच घनिभूत पार्न मद्दत गर्ने यस्ता सुरक्षित , सहभागि मूलक, सुलभ हरित र गुणस्तरीय सार्वजनिक स्थललाई प्राथामीकतामा राखिन्छ जहाँ शान्तिपूर्ण र बहुआयामीक समाजका लागि संवेदनशिल अवस्थाका व्यक्तिहरुको विशेष आवश्यकतालाई ध्यानमा राख्दै सबै वासिन्दाहरुको आवश्यकता पुरा गर्दै परिवार मैत्री, सामाजिक र सबै पुस्ताहरु बीच अन्तरकृया सम्भव हुने, सांस्कृतिक अभिव्यक्ति तथा राजनीतिक सहभागिता, उचित र सामाजिक समाञ्जस्यता र समावेशीता कायम गरिने लगाएत रहेका छन् ।











प्रतिक्रिया