भिरबाट लडेर एक जनाको ज्यान गयो

0
Shares

नेपाल समाचारपत्र, गुल्मी ।
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै निवासी ६७ वर्षिय मोहलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक बिशबहादुर खत्रीले बताए ।

बष्ट पौवा खोल भन्ने स्थानमा दाउरा काट्न गएको बेला भिरबाट लडेको प्रहरीले जनाएको छ । उनको शबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याईदैछ ।