सरोज यादव,विराटनगर ।
गृहमन्त्री रामबहादुर थापाले देश टुक्राउन चहानेहरुलाई सरकारले कुनैपनि हालतमा छुट नदिने बताएका छन ।
विराटनगर बिमानस्थलमा आइतबार विहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा गृहमन्त्री थापाले मुलुकलाई टुक्राउने अभियानमा लागेका जो कसैलाईपनि सरकारले प्रचलित ऐन,कानुन अनुसार कार्बाही गरेर छाडेन दाबी समेत गरेका हुन ।
शान्ति सुरक्षा निकै कमजोर रहेको भनी सरकारको आलोचना भईरहेको छ नि भनी संचारकर्मीले राखेको जिज्ञासामा मन्त्री थापाले सरकारले ६ महिनामा शान्ति सुरक्षाको अबस्थामा निकै सुधार गरेको भन्दै सरकारको कामको बचाउ गरे ।
उनले कंचनपुरकी बालिका निर्मला पंन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन उच्च स्तरीय छानबिन समितिले सरकारलाई बुझाइसकेकाले समय आएपछि सार्बजनिक गर्ने पनि जानकारी दिए । गृहमन्त्री थापाले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दोह¥याए ।
उनले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् ।
केही दिन अघि हत्या गरिएका सुनसरीको हरिनगरका खुर्शिद आलम अन्सारीका परिवारलाई भेट्न गृहमन्त्री थापा आइतबार विराटनगर हुदै सुनसरी गएका हुन ।











प्रतिक्रिया