नेपाल समाचारपत्र, दाङ ।
दाङमा माटोको ढिस्कोमा पुरिएर दाङको राप्ती गाउँपालिकामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
घर लिप्ने माटो लिन गएको बेला राप्ती गापा ४ मौरीघाटका तीन जना महिलाको ज्यान गएको हो । मुत्यु हुनेमा ३५ बर्षीया निना चौधरी, ३० बर्षीया श्यामकुमारी चौधरी र १२ बर्षीया रोजिना चौधरी रहेका छन् । निना श्यामकुमारीकी भाइबुहारी हुन् भने रोजिना उनकी दाइकी छोरी हुन् ।
दोलइखोलाको ढिस्को भत्कदा उनीहरुको ज्यान गएको स्थानीय पत्रकार महेश रिजालले जानकारी दिनुभयो । उनीहरुको शब पोष्टमार्टमका लागि लमही पठाइएको इकाला प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।











प्रतिक्रिया