डा.केसीको चेतावनीः सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
चिकित्सा शिक्षा विद्येयक पारित नगरी संसदको अधिबेशन अन्त्य भएकोमा डाक्टर गोविन्द केसीले गम्भीर आपत्ति जनाएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि पारित नगरेको भन्दै विरोध जनाए।

सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनलगायत कार्यान्वयन नभए सुशासनका निम्ति कुशासन गर्नेहरुका विरुद्ध १६ औं सत्याग्रह गर्न बाध्य हुने डाक्टर केसी चेतावनी दिएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग र महासचिव विष्णु पौडेलको सहमागितामा भएको सम्झौता पालना नभए पुनः अनशन बस्ने चेतावनी दिएका हुन ।

अनशन बसेको २७ औं दिनमा सरकारले डाक्टर केसीसँग दश वर्ष उपत्याभित्र मेडिकल कलेज नखोल्ने गरी चिकित्सा शिक्षा विद्येयक जारी गर्नेलगायत विभिन्न बुँदामा सम्झौता गरेको दुई महिना भए पनि कुनै माग कार्यान्वयन भएको छैन।

डाक्टर केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा बसिराख्नु शोभनिय नहुने उल्लेख गरेका छन्। प्रधानमन्त्रीकै पहलमा भएको सम्झौताविरुद्ध शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधिन रहेको विद्येयकमाथि अवरोध पुर्‍याएको केसीले दाबी गरेका छन्।