काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर काठमाडौं स्थित पद्मकन्या क्यामपसले मुटु रोग र यसको न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गरेको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । तर नेपालमा साप्ताहिक रुपमा मुटुदिवस मनाउने गरेको पाइन्छ ।












प्रतिक्रिया