स्यार्पु पर्यटन महोत्सवको भब्य उद्घाटन

0
Shares

धनवीर दाहाल, रुकुम ।
बिश्व पर्यटन दिवसको अवसर पारेर रुकुम पश्चिमको बाँफिकोटमा बिहिबार स्यार्पु पर्यटन महोत्सवको आयोजना भएको छ । रुकुम पश्चिमको बाँफिकोटमा अवस्थित पर्यटकिय क्षेत्र स्यार्पु तालमा दोस्रो स्र्यापु पर्यटन महोत्सव आयोजना भएको हो । प्रतिनिधि सभाका सदस्य एवं पुर्व गृहमन्त्री जनार्दन शर्माले सो महोत्सवको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला के.सी, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सांसद गोपाल शर्मा, रातो कामी लगाएत व्यक्तित्वहरुको सहभागिता रहेको छ । कार्यक्रममा इन्द्रेणी समुहले सांस्कृतिक प्रस्तुती राखेको छ भने स्थानीय स्तरको सास्ंकृतिक कार्यक्रम पनि प्रर्दशन गरिएको छ ।

“जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना भएकोे हो ।

रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गरिएको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

हेर्नुस तस्वीरहरु