संसदको दोस्रो अधिवेशन समाप्तः १ सय ३५ बैठकमा के–के भए काम ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

संघीय संसद्को बजेट अधिवेशन अर्थात दोस्रो अधिवेशन बिहीबारदेखि समापन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाउँदै संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुने बताए ।

त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भएका र गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए । संसद बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो।अधिवेशन अवधिमा ४ पटक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा बिहीबारसम्ममा १ सय ३५ दिन बैठक बसेको सभामुख महराले जानकारी गराए। उनका अनुसार जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको चार पटक संयुक्त बैठक बसेको छ। यो अधिवेशनबाट संसद् नियमावली पारित, सरकारको नीति तथा कार्यक्रम छलफलपछि पारित, दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य गरेको सभामुख महराले जानकारी दिए।

अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको, विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको उनले बताए।

सभामुख महराले संसद्को विशेष र शून्य समयमा सांसदहरुदले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासनलगायत विषयमा सरकारको पुनस् ध्यानाकर्षण गर्ने बताए।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारको प्रतिवद्धता कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।