बिपद्का घटना न्युनीकरणका लागि मोबाईल एसएमएस सेवा सुरु

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा बिपद्बाट हुने घटनाहरुलाई कम गर्नको लागी मोबाईल एसएमएस सेवा सुरु गरीएको छ ।

बिपद सम्बन्धी सुचनालाई सजिलै प्रबाह गर्ने उदेश्यले मोबाईल एसएमएस मार्फत जानकारी गराउन थालीएको हो । जिल्लामा बिपद्का घटनाहरुलाई न्युनिकरण गर्नको लागी जिल्ला विपद् व्यवस्थापन समितिबाट विपद् सम्बन्धीका सूचना एसएममेस मार्फत जानकारी गराउन थालीएको कृर्षि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रर्बद्धन पहल कार्यक्रमका बिपद जोखिम न्यूनिकरण अधिकृत दिपक शर्माले जानकारी दिनुभएको छ ।

बुधबार सल्यानको खलंगामा पुर्ब सूचना प्रणालीको सवलीकरका लागी जिल्ला स्थीत सरोकारवालाबिच छलफल कार्यक्रममा उहाँले जिल्लामा यसबर्ष धरै घटना भएका कारण यस्ता बिपदका घटनाहरु लाई कम गर्ने उदेश्यले यस्तो ब्यवस्था गरिएको बताउनु भयो ।

उहाँका अनुसार जिल्लाका बिभिन्न ठाउँमा बिपदका घटना कम गर्न सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । बिगद ४ बर्ष देखि बिपद ब्यवस्थापन सम्बन्धी काम गर्दै आईरहेको पहल कार्यक्रमले जिल्लाका विभिन्न स्थानमा बिपद सम्बन्धीका खोज तथा उद्यार सामाग्री बितरण गरिएको उहाँले बताउनु भयो । स्टेचरहरु पनि बितरण गरिनुका साथै बिपदको पुर्बसुचना सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरिएको शर्माले बताउनु भयो ।

गत सालको तुलनामा यस बर्ष जिल्लामा बिपद बाट मानबिय क्षेति हुनुका साथै करौडौको क्षेति बेहोर्नु परेकाले यस्ता घटना हुन नदिनको लागी सुचना बोडहरु पनि निर्माण गरिएको पहल कार्यक्रमका जिल्ला संयोजक मनोज कुमार थारुले बताउनु भयो ।

सबै भन्दा महत्वपुर्ण भनेको सुचना भएकाले बिपद आउदा पुर्ब सुचना दिन नसकेको प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले बताउनु भयो । बिपद् आउँछ भन्ने एकिन हुन नसकिएका कारणले यस्ता कुराहरुमा आफै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो सुचना पाउन नसकेको सबै भन्दा कठिनाई भनेको बिपद हो, बिपद बाजा बजाएर आउदैन, यसमा आफै सचेत रहन आवश्यक छ।

जिल्लामा संरचनाको कमिले धेरै घटना भएको पाईएकाले घर बनाउदा प्राविधिकको सल्लाह अनुसार सुरक्षित स्थानमा बनाउन उहाँले आग्रह गर्नुभयो । जिल्लामा बाढी, पहिरो, आगलागीको उच्च जोखिम भएकाले यसमा सबै सचेत रहन प्रजिअ ढकालले सुझाब दिनुभयो ।