काठमाडौं, (नेस) ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै गच्छदारले सत्तापक्षका सांसद्बाट नै सरकारको आलोचना भएको हुँदा आफूले धेरै आलोचना गर्नु नपर्नेसमेत बताउनुभयो ।
‘सरकारले ठूला कुरा गरेर हुँदैन , पहिलो कुरा शान्ति सुरक्षा कायम हुनुपरो ’ गच्छदारले भन्नुभयो ‘ प्रधानमन्त्री आफूले गरेका गलत कामको रक्षा गर्न सांसद्लाई अरिंगालजस्तो आक्रमण गर्न भन्दै उल्टै उचाल्नुहुन्छ, यस्तो भएको पनि कहिल्यै सुनेको थिइन ।’ गच्छदारले आफूले पटकपटक संसद्मा प्रतिनिधित्व गर्ने अवसर पाएको र यसरी सत्तापक्षकै सांसदले सरकार निरीह भएको भन्दै खण्डन गरेको नसुनेको पनि बताउनुभयो ।
गच्छदारअघि बोल्नुभएका माधबकुमार नेपालले बोलेको कुरालाई व्याख्या गर्दै सत्ताका सांसदहरुले सरकारको आलोचना गर्नु चानचुने कुरा नभएको बताउनुभयो ।
नेपालले संसद्मा नै ओलीको आलोचना गर्दै आउनुभएको छ । ओलीले पार्टीमा पेल्दै गएपछि नेपाल पक्षधर पनि खरो रुपमा सरकारको विरोधमा उत्रिएको छ ।
उहाँले प्रधानमन्त्री ओलीले संघीयता नचाहेको र त्यसतर्फ नलागेको पनि आरोप लगाउनुभएको छ ।











प्रतिक्रिया