सरोज यादव, विराटनगर ।
प्रदेश १ को सरकार गठन भएको सात महिना पुग्दा पनि प्रदेश सरकार कामकाजी बन्न नसकेको टिप्पणी गर्न थालिएको छ ।
स्रोतसाधन र अधिकार विवादको गाँठो फुकाउने प्रयासमा नै प्रदेश सरकार अल्झेको देखिन्छ । प्रदेश सरकार गठन भएको यतिका समय वितेपनि प्रदेश सरकारले अहिलेसम्म प्रंभावकारी रुपमा काम गर्न सकेको देखिदैन ।
संसदलाई सरकारले बिजनेस दिन नसक्दा प्रदेश सरकारका मन्त्रीदेखि प्रदेशका सांसद यतिबदेला फुर्सदिला बनेका छन् ।
जनतालाई अधिकत्तम लाभ दिने खालका नीति तथा कार्यक्रममा प्रदेश सरकारको ध्यान नै नगएको आरोप लाग्न थालेको छ ।मुख्यमन्त्रीदेखि सरकारका मन्त्रीहरु भने सानातिना कार्यक्रममा अल्झिरहेका देखिन्छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायत सांसदहरुको दैनिकी धेरै जसो यस्तै औपचारिक कार्यक्रममा वित्ने गरेको छ । प्रदेश सरकारको गठन भएको सात महिना पुग्दापनि प्रदेश सरकारले चुस्त दुरुस्त रुपमा जनतामा सेवा प्रवाह गर्न नसकेको प्रतिपक्ष नेपाली कांग्रेसको निश्कर्ष छ ।
कांग्रेसले प्रदेश सरकारले जनताको चाहना अनुसार काम अहिलेको अबस्थामा गर्न नसकेको भन्दै जनताले चाहेको परिर्वतनको चाहनालाई मर्न दिन नहुनेमा सरकारलाई सजग गराएको प्रदेश नम्बर १ कोप्रतिपक्षी दल नेपाली काग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीहरुले सानातिना कार्यक्रममा सहभागी हुदा उनीहरुले आफ्ना प्राथमिकतालाई ध्यान दिन त सकेका छैनन् नै पदीय गरिमाको समेत ख्याल नगरेको पाइएकोछ ।
यता प्रदेश सरकारको सेवा प्रवाह र भूमिका नै प्रभावकारी हुन नसकेका बेला प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङम्बोले भने स्रोतसाधन र अधिकार विवादको गाँठो फुकाउन नसक्दा जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसकेको भन्दै आफनो बचाउ गरेका छन ।
नागरिकलाई राहत दिने खालमा काममा अहोरात्र खटिनुपर्ने प्रदेश सरकार यतिबेला आफै अलमलमा छ ।
संवैधानिक व्यवस्थानुसार ऐन कानुन निर्माण गरी प्रदेशलाई विकास र समृद्धिको बाटोमा र्डोयाउनु पर्नेमा सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरु नै सानातिना कार्यक्रममा अल्झिरहदा मुख्य समस्या देखिएको विश्लेश्कहरुको बुझाई छ ।











प्रतिक्रिया