नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको दोस्रो अधिवेशनको चालु बैठक बिहिबार (आज) सकिँदै छ ।
गत बैशाख २३ गते शुरु भएको संघिय संसदको दोस्रो बैठकको आज समापन कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । संसद सकिँदै गर्दा संसदीय दलका नेताहरुले पनि बोल्ने कार्यक्रम यतिबेला अन्तिम बैठकमा जारी छ ।
यस्तै बोल्ने क्रममा दोस्रो बैठकमा संसद एवंम नेकपाका नेता माधबकुमार नेपालले पनि आफ्नो विचार प्रस्तुत गर्नुभएको छ ।
गत बैशाखबाट शुरु भएको संसद बैठकको दोस्रो संस्करणमा उहाँ आजै मात्रै बोल्नुभएको हो । उहाँले अहिले समाज बलात्कारप्रति आतंकित भैरहेको र यसलाई न्युनिकरण गर्ने सरकारको दायित्व रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको ६१ औं र प्रतिनिधिसभाको ७९ बैठक अजा बस्दै छ ।











प्रतिक्रिया