विमल बिष्ट, डोटी ।
असोज तेस्रो साता डोटीमा जिल्लास्तरीय छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल स्थित राजपुरस्थित सुजङ माध्यमिक विद्यालयले बिहिबार दिपायलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिता असोज १८ देखि २० सम्म चल्नेछ । क्रिकेट विकाससँगै महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको विद्यालयका निर्देशक नरेश बलायरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको सेमिफाइनल र फाइनलमा हातमा कालोपट्टि बाँधेर सांकेतिकरूपमा महिला हिंसाको विरोध गरिनेछ ।
प्रतियोगितामा आठ विद्यालयका १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले खसी पुरस्कार पाउने छ ।











प्रतिक्रिया