जापानमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ती

0
Shares

राजबिन थापा , टोकियो ।

एनआरएनए जापानद्वारा हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार नेपाली विद्यार्थीहरुलाई विशेष छात्रवृत्ती प्रदान गरिने भएको छ ।

पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि जापान आऊने संख्यामा वृद्धी भएसंगै बिध्यार्थीहरूमा दिन प्रति दिन समस्याहरु पनि बढ्न थालेको छ । यस्तै बढ्दो समस्याहरुको न्युनिकरणमा , एनआरएनए जापानले आफ्नो ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित विविध कार्यक्रमहरू ल्याउने प्रयास गरेको छ ।

नेपालबाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने हुन्छ । तर, केही बिध्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि आउने तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागी मात्रै पनी काममा बढ़ी ध्यान दिनु पर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हाँसिल गर्न नसकिरहेको अवस्था रहेको देखिन्छ ।

यस्तै अवस्थाको मध्यनजर गर्दै हाल जापानी भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना बिध्यार्थीहरूलाई मासिक ३ मान (३० हजार नेपाली रुपाँया) बराबरको छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभएको छ ।
छात्रवृत्तिका लागी आवेदन खूल्ला गरिएको र इच्छुक बिध्यार्थीले तल उल्लेख गरिएको लिंकमा आफ्नो बिवरण सहित आवेदन दिन सक्ने बताईएको छ ।छात्रवृत्तीका लागि अक्टोबर १५ भित्र आवेदन दिईसक्नुपर्ने बताईएको छ ।