रिहाइको आदेश

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न आदेश दिएको थियो। दुई महिनाअघि उनलाई भ्रष्टाचारको अभियोगमा दस वर्षे लामो काराबास सजाय सुनाइएको थियो। पाकिस्तानमा आम निर्वाचन हुनु केही समयअघि गत जुनमा सरिफ र उनकी पुत्री मरयामलाई दिइएको सजाय उक्त अदालतले निलम्बन गरेको छ। आफ्नो पार्टीलाई चुनावमा सघाउने उद्देश्यले लन्डनबाट स्वदेश फर्कने रावलपिन्डीको विमानस्थलबाटै पक्राउ गरिएको थियो। आफूहरु विरुद्धको अभियोग अस्वीकार गर्दै आएका तिनीहरुले अदालतमा अपिल गरेका थिए।