नाडा अटो शोमा टीभीएसको स्टल उत्कृष्ट

0
Shares

काठमाडाैं ।
नाडा अटो शो आइतबार सम्पन्न भएको छ । यस पटकको मेलामा उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टलको पुरस्कार टीभीएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले जितेको छ । त्यसैगरी अटो पार्टस, ब्याट्री, टायर र लुब्रिकेन्टसका तर्फबाट रीता अटोमोबाइल्स प्रालिले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलको छनोट गर्न नाडाका महासचिव सुनिल रिजालको नेतृत्वमा छनोट समिति गठन गरेको थियो ।नाडा अटो शोको टाइटल स्पोन्सर सर्वो लुव्रिकन्टसले गरेको थियो ।

नाडाका अनुसार डोरप्राइजका रुपमा छ दिनमा ६ वटा कुलप्याड मोबाइल विजेताको नम्बर समेत प्रकाशित गरेको छ । जसअनुसार छन् ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५०, ०२६६३९ नम्बर भएका विजेताले आफ्नो टिकटसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न्पर्ने छ ।

नाडाका अनुसार १९ वटा ब्रान्डका ४–पाङग्रे तथा २० वटा ब्रान्डका २–पाङग्रे सवारी साधनहरू रहेका थिए । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको थियो भने साना ठँला गरी १३४ वटा ब्लक तथा स्टल रहेका थिए ।