महिन्द्रा ट्रयाक्टरमा उत्सव योजना

0
Shares

काठमाडौं (नेस)
महिन्द्रा अटो मोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा महिन्द्रा उत्सवअन्तर्गत ‘चाडपर्वको प्रशंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दंग’ भन्ने नारासहित उत्सव योजनालाई ल्याएको छ ।

यस योजनामा महिन्द्रा ट्रयाक्टरका ग्राहकले निश्चित उपहारको रुपमा ४३ इन्चको एलईडी टीभी वा अधिकतम् १ लाख ५० हजार रुपियाँसम्म नगद र पुरस्कार प्राप्त गर्न सक्ने छन् ।

‘चाडपर्वको समय भनेको खुशीयालीले भरिपँर्ण समय हो । सामान्यतया उत्सवको समयमा घरमा नयाँ सामान खरिद गर्ने गरिन्छ । उत्सवको यो अनुभवलाई जीवन्त एवं सुखद् बनाउन महिन्द्राले आफ्ना ग्राहकसमक्ष महिन्द्रा उत्सव योजना प्रस्तुत गरेको छ ।

यसै सिलसिलामा हामीले ग्राहकको भावनालाई आत्मसाथ गर्दै अझ बलियो सम्बन्ध स्थापित गर्न यो योजना प्रस्तुत गरेका छौं ’ अग्नि ग्रुपका (ट्रयाक्टर समूह अन्तर्गतका) डीजीएम प्रकाशमान शाक्यले बताउनुभयो ।

ग्राहकले निश्चित उपहार स्वरुप ४३ इन्चको एलईडी टीभी वा यसको सट्टामा स्क्र्याच कुपन लिई उक्त स्क्र्याचमार्फत् १ लाख ५० हजार नगद पुरस्कार जित्न सक्ने छन् । साथै बम्पर उपहारमा लक्की ड्र मार्फत ११० सीसीको महिन्द्रा सेन्चुरो मोटरसाइकल पनि जित्न सकिने कम्पनीले जनाएको छ ।