सौर्य एयरलाइन्समा चरा ठोकियो

0
Shares

काठमाडौं, (नेस)
काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमानमा सोमबार चरा ठोक्किएका कारण ग्राउन्डेट भएको छ। ९ एनएएमई कल साइनको विमानको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। विमानका जहाजले सोमबार विहान पौने ८ बजे काठमाडौं–विराटनगर उडान भरेको थियो।

चरा ठोकिएपछि विमानमा भएको क्षतिका विषयमा अध्ययन गर्न सौर्य एयरलाइन्सको प्राविधि टोलीले अध्ययन गरिरहेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले थप अध्ययन गरेपछि जहाजले उडान भर्ने निर्णय हुने बताइएको छ ।

सौर्य एयरलाइन्सका दुई विमानमध्ये एउटा यसअघि नै ग्रान्डेट भएका थियो । कम्पनीको व्यवस्थापन परिवर्तनका निम्ति केही समय उडान स्थगित गरेको सौर्य एयरलाइन्सको केही दिन अघि मात्रै व्यवस्थपन परिवर्तनसहित उडान सुचारु भएको थियो ।