महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क पानी वितरण

0
Shares

काठमाडौं, (नेस)
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीजको अवसरमा भक्तजनका लागि शुद्ध पिउने पानी वितरण गरेको छ ।

बैंकको कालीमाटी शाखाले ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाडौंमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविरलगायत शुद्ध पिउने पानी तथा जुस वितरण गरेको थियो ।

ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएको बैंैकले जनाएको छ ।