निजगढमा यामाहाको नयाँ शोरुम

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबारबाट बाराको निजगढमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले रोशन इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो ।

नयाँ शोरुमको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश खनालले गर्नु भएको थियो । रोशन इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा आफँ निकै हर्षित भएको रोशन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अरुण कुमार मिश्रले बताउनुभयो ।