एनआईसी एसिया बैंकमा रेमिट पठाउँदा अफर

0
Shares

काठमाडौं, (नेस) ‘चाडपर्व मनाऔं, एनआईसी एसिया रेमिटसँगै’ भन्ने नारासहित एनआईसी एसिया बैंकले दशै तिहार, छठको उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकले बैंकका २४६ शाखा कार्यालय, १४ वटा एक्सटेन्सन काउन्टर, १८ वटा शाखारहित बैंकिङ इकाई एवम् ६ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

बैंकले असोज १ गतेदेखि मंसिर २९ गतेसम्म बैंकले एनआईसी रेमिटमार्फत रकम पठाउने आफ्ना ३ पटक रकम पठाउँदा एक पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । बैंकको वासलातको आकार १९२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६२ अर्ब तथा कर्जा १३४ अर्ब पुगेको छ ।