न्यूनतम पारिश्रमिकबारे महासंघको स्पष्टकरण

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले सरकार, रोजगारदाता र राष्ट्रिय ट्रेड युनियनबीचको सहमति भएअनुसार न्यँनतम पारिश्रमिक निर्धारण भएको सरोकारवालाई जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी साउन १ गतेदेखि लागँ हुने गरी न्यँनतम पारिश्रमिक निर्धारण गरेको हो ।

नयाँ निर्धारित न्यँनतम पारिश्रमिकको दर चिया बगान बाहेकका श्रमिकहरूका लागि तलब ८ हजार ४५५ र महंँगी भत्ता ४ हजार ९९५ गरी जम्मा १३ हजार ४५० रुपियाँ र चिया बगानमा काम गर्ने श्रमिकका लागि तलब ६ हजार ४६९ र महंँगी भत्ता ४ हजार ३१२ गरी जम्मा १० हजार ७८१ रुपियाँ कायम गरिएको महासंघले जनाएको छ ।

उक्त न्यँनतम पारिश्रमिक निर्धारण सबै श्रमिक कामदारको तलब र भत्ता वृद्धि नभई न्यँनतम पारिश्रमिक निर्धारण मात्र भएको नेपाल उद्योग वाणिज्य महासंघ स्पष्ट गरेको छ ।