पुनर्निर्माणको बाँकी काम पूरा गर्न ६ खर्ब लाग्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भँकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न करिब ६ खर्ब रुपियाँ थप लाग्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालँ आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपियाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।

प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपियाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालँ आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपियाँ विनियोजन गरिएको छ । २०७३ वैशाखमा तयार पारिएको विपद् पश्चातको पुनःलाभ कार्य ढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपियाँ लाग्ने आंकलन गरिएको थियो ।

नेपालको पुनर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायले प्रतिबद्धता जनाएको कुल ४ खर्ब १० अर्ब रुपियाँमध्ये ६७ अर्ब उद्दार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपियाँको सम्झौता भइसकेको छ ।

‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो–‘ पुनर्निर्माणका कामहरु अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रिट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पुँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपँर्ण सहयोग पुग्ने बताउनुभयो । मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ लगायत सहभागी हुनुहुन्थ्यो ।